You are here
Home > समाचार > तत्काल एक्सन लिएपछि करोडौं रकम जोगियोः एसएसपी सुवेदी

तत्काल एक्सन लिएपछि करोडौं रकम जोगियोः एसएसपी सुवेदी

१५ भाद्र २०७६, आईतवार १६:०१

काठमाडौं-नयाँ प्रविधीको प्रयोगसँग सुरक्षा चुनौती थपिएको छ। शनिबार राति पाँच जना चिनियाँ नागरिकले विभिन्न एटीएमको पिन ह्याक गरी १ करोड ६८ लाख रुपैयाँ लुटिएपछि प्रहरीले प्रविधिले बैंक तथा वित्तीय संस्थामा सुरक्षा चुनौती थपिएको प्रहरीले जनाएको हो।

आज महानगरीय प्रहरी परिसरमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले केही विदेशीहरू विदेशी ह्याकरहरू नेपाली बैंकिङ् प्रणालीलाई ह्याक गर्न सक्रिय रहेको जनाएका छन् । उनले बिदेशी ह्याकरहरू नेपालमा बैंकिङ प्रणाली ह्याक गर्नकै लागि आउने गरेको खुलासा समेत गरे ।

शनिबार सोह्रखुट्टेको एक एटीएमबाट ह्याकरले पैसा चोरी गरेका थिए । अस्वभाविक पैसा झिकिएको जानकारी आएपछि प्रहरीले तत्कालै एक्सन लिएको थियो । सुरुमा एकजनालाई पक्राउ गर्न सफल प्रहरीले उसैले दिएको जानकारीको आधारमा जयनेपाल हल नजिकैको होटलमा बसेका अन्य पाँच जना पक्राउ परेका हुन् ।

उनीहरूको साथबाट १ करोड ६८ लाख रुपैयाँ र ह्याक गर्न प्रयोग हुने डिभाइस पनि बरामद भएको छ ।