You are here
Home > समाचार > फरार अभियुक्तलाई नियन्त्रण लिन प्रहरीले गोली चलायो

फरार अभियुक्तलाई नियन्त्रण लिन प्रहरीले गोली चलायो

१६ भाद्र २०७६, सोमबार १६:१९

काठमाडौं –चोरी-डकैती मुद्दमा कैद सजाए सुनाइएका फरार ब्यक्तिलाई बाँकेको कोहलपुर प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको छ। ८ वर्षअघि चोरी-डकैती अपराधमा कैद सजाय तोकिएलगत्तै फरार बाँके बैजनाथ गाँउपालिका–४ का नरेन्द्र न्यौपानेलाई नियन्त्रण गर्ने क्रममा प्रहरीले गोली चलाएको हो।

आज नेपालगन्जस्थित राँझा विमानस्थल नजिकै भेटिएका न्यौपानेलाई नियन्त्रणमा लिने क्रममा भाग्न खोजेपछि प्रहरीले गोली प्रहार गरि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीले न्यौपानेलाई नियन्त्रण गर्ने क्रममा देब्रे खुट्टामा गोली प्रहार गरेको थियो।

न्यौपानेलाई २०६८ सालमा चोरी तथा डकैटी मुद्दामा जिल्ला अदालत बाँकेले ६ वर्ष कैदको सजाय सुनाएको थियो।