You are here
Home > Front News > रवि लामिछाने र अंगुर जिसीविरुद्धको मुद्दा खारेज

रवि लामिछाने र अंगुर जिसीविरुद्धको मुद्दा खारेज

१६ भाद्र २०७६, सोमबार १६:२२

कञ्चनपुर – टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने र नेपाल प्रहरीका निलम्वित डिएसपी अंगुर जिसीविरुद्ध दर्ता गरिएको अदालतको मानहानीसम्बन्धी मुद्दा जिल्ला अदालत कञ्चनपुरले खारेज गरिदिएको छ । एक वर्षअघि बलात्कारपछि हत्या गरिएकी किशोरी निर्मला पन्त प्रकरणको प्रमाण नष्ट गरेको र निर्दोषलाई यातना दिएको भन्दै दर्ता गरिएको मुद्दालाई जिल्ला अदालतका न्यायाधीश गोपाल बास्तोलाको इजलासले खारेज गरिदिएको हो।

अदालतमा विचारधीन मुद्दाबारे सार्वजनिक रुपमा बोल्न नमिल्ने अवस्थामा रवि र अंगुरले टेलिभिजन कार्यक्रममार्फत् आफ्ना भाइ दिलिपसिंहलाई अभियुक्त ठहर गरेको भन्दै दाजु खड्गसिंह विष्टले रवि र जिसीविरुद्ध मुद्दा दायर गरेका थिए। निर्मलाको बलात्कारपछि हत्या गरिएको घटनाको सुरुदेखि अनुसन्धानमा जुटेका डिएसपी जिसी र दिलिपका भेनाजु पर्ने पत्रकार खेम भण्डारीसँग रविले आफ्नो टिभी कार्यक्रममा अन्तर्वार्ता लिएका थिए।

खड्गसिंहले सुरुमा दर्ता गराएको उजुरी जिल्ला अदालतका श्रेष्तेदार हरिकृष्ण वस्तीले खारेज गरेका थिए । तर उनीहरुले अर्को उजुरी दिएपछि दर्ता गरेका थिए।