You are here
Home > राजनीति > चिनियाँ राष्ट्रपति सी जिङपिङ नेपाल आउने

चिनियाँ राष्ट्रपति सी जिङपिङ नेपाल आउने

१६ भाद्र २०७६, सोमबार १७:३०

काठमाडौं– चिनियाँ राष्ट्रपति सी जिङपिङ आउँदो अक्टुबरमा नेपाल आउनुहुने भएको छ । राष्ट्रपति सी जिङपिङ भारत भ्रमणबाट फर्केने क्रममा अक्टुबर १५ मा नेपाल आउने भएका हुन्।

चिनियाँ राष्ट्रपति अनौपचारिक रुपमा नेपाल आउन लाग्नुभएकाे स्रोतले जनाएको छ । स्रोतका अनुसार राष्ट्रपति सी जिङपिङ नेपालमा ९ घण्टा रहनु हुनेछ । चिनियाँ राष्ट्रपति आउनुअघि तयारीका लागि विदेशमन्त्री वाङ यीले सेप्टम्बरमा नेपाल भ्रमण गर्नुहुने जनाइएकाे छ ।

राष्ट्रपति सी जिङपिङ भारतमा भने ४ दिन बस्ने कार्यक्रम छ । भारत भ्रमणको क्रममा राष्ट्रपति सी जिङपिङलाई प्रधानमन्त्री नरेन्द्र मोदीले तमिलनाडु तटमा स्वागत गर्ने कार्यक्रम छ । चिनियाँ राष्ट्रपतिले भारतको विभिन्न पुरातात्विक तथा साँस्कृतिक क्षेत्र अवलोकन गर्ने तयारी भइरहेको स्रोतले उल्लेख गरेको छ ।