You are here
Home > समाचार > सीतापाइलामा खुकुरी हानेर युवाको हत्या

सीतापाइलामा खुकुरी हानेर युवाको हत्या

१७ भाद्र २०७६, मंगलवार ०९:४७

काठमाडौं -सीतापाइलाको मूल सडकमा सोमबार राति खुकुरी हानेर एक युवाको हत्या गरिएको छ । हत्या गरिएका युवक नागार्जुन नगरपालिका– ५ का आकाश बस्‍नेत भएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।

सडकमा हिँडिरहेका आकाशलाई चारजना युवाले आक्रमण गरेका थिए । उनीहरुले आकाशलाई खुकुरी प्रहार गरेर घाइते बनाएका थिए । हत्याको आरोपमा प्रहरी तीन जनालाई पक्राउ गरेको छ । घाइते आकाशलाई तत्कालै मनमोहन अस्पताल पु¥याइएको थियो । अस्पतालका अनुसार आकाशको निधन भइसकेको छ ।