You are here
Home > खेलकुद > ओलम्पिक कमिटीको निर्वाचन रोक्न सर्वोच्चको आदेश

ओलम्पिक कमिटीको निर्वाचन रोक्न सर्वोच्चको आदेश

१७ भाद्र २०७६, मंगलवार २०:४०

काठमाडौं – सर्वोच्च अदालतले भदौ २२ गतेसम्म नेपाल ओलम्पिक कमिटीको कार्यसमिती निर्वाचन नगर्न विपक्षीका नाममा आदेश जारी गरेको छ।

न्यायाधिश टंकबहादुर मोक्तानको एकल इजलासले कमलबहादुर चित्रकारको रिट निवेदनको सुनुवाई गर्दै भदौ २२ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको हो।

अन्तर्राष्ट्रिय मान्यताप्राप्त जिवनराम श्रेष्ठ अध्यक्ष रहेको नेपाल ओलम्पिक कमिटीको निर्वाचन आगामी भदौ २० गतेका लागि तय भएको थियो ।