You are here
Home > समाचार > प्रहरीले वीरगञ्जमा गोली चलायो, पेस्तोल र गोलीसहित एक जना पक्राउ

प्रहरीले वीरगञ्जमा गोली चलायो, पेस्तोल र गोलीसहित एक जना पक्राउ

१८ भाद्र २०७६, बुधबार ०९:४९

पर्सा- वीरगञ्जमा प्रहरीले गोली चलाएको छ । नियमित जाँचका क्रममा प्रहरीलाई हतियार देखाई भाग्न खोज्ने व्यक्तिलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको हो ।

वडा प्रहरी कार्यालय श्रीपुरको टोलीमाथि वीरगञ्ज महानगरपालिका–१६ का सन्तोष दासले हतियार देखाएपछि प्रहरीले गोली प्रहार गरी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक गौतम थापाले जानकारी दिएका छन् ।

उनको दायाँ खुट्टामा गोली लागेको छ । उनको साथबाट एउटा पेस्तोल र १७ राउण्ड गोली पनि बरामद भएको छ ।