You are here
Home > समाचार > कुकुर र गौहत्यको विरोधमा माइतीघर मण्डलामा प्रर्दशन

कुकुर र गौहत्यको विरोधमा माइतीघर मण्डलामा प्रर्दशन

१८ भाद्र २०७६, बुधबार २०:०१

काठमाडौं- कुकुर र गाईलाई बर्वर्तापूर्ण हत्या गरिएको भन्दै काठमाडौंस्थित माइतीघर मण्डलामा विरोध सभा आयोजना गरिएको छ। खोटाङको दिक्तेलस्थित रुपाकोट मझुवागढी नगरपालिकामा कुकुरलाई सामूहिकरूपमा वर्वरतापूर्वक मारिएको र नेपालगन्जबाट दैलेख लैजानेक्रममा गाईलाई सुर्खेतको कटकुवा जंगलमा भीरबाट खसालेर मारिएको घटनाको विरोधमा माइतीघरमा विरोध सभा भएको हो।

स्नेहास केयरको आयोजनामा राजधानीमा निकालिएको विरोध सभामा हिन्दूहरूको आस्थाको पशु गाई र कुकुरलाई बर्बरतापूर्वक मार्ने अपराधीमाथि हदैसम्मको कारवाही गर्न माग गरिएको थियो।