You are here
Home > समाचार > आइजीपी शैलेन्द्र खनालद्धारा पूर्वब्रिटिश सैनिक निर्मल पुर्जा ‘निम्स’ सम्मानीत

आइजीपी शैलेन्द्र खनालद्धारा पूर्वब्रिटिश सैनिक निर्मल पुर्जा ‘निम्स’ सम्मानीत

१८ भाद्र २०७६, बुधबार २०:१९

काठमाडौं-सशस्त्र प्रहरी महानिरीक्षक (आइजीपी) शैलेन्द्र खनालले पूर्वब्रिटिश सैनिक निर्मल पुर्जा ‘निम्स’ लाई दोसल्ला ओढाई सम्मान गरेका गरेका छन्।

आठ हजारभन्दा माथिका १४ हिमाल सात महिनामा आरोहण गरेर विश्व कीर्तिमान राख्ने अभियानमा रहेका निर्मल पुर्जा ‘निम्स’लाई एक कार्यक्रममा विच आइजीपी खनालले सम्मान गरेका हुन्।

आइजीपी खनालले त्यसअवसरमा हिमाल आरोहणको क्षेत्रबाट देशको नाम विश्वमा फैलाउन सफल रहेको भन्दै हिमाल आरोही निम्सको साहस तथा लगन र योगदानको मुक्तकण्ठले प्रशंसा गरे ।उनले खनालले मान्छेहरुले आफ्नो तथा आफ्ना लागि सोच्ने गरेको तर निम्सले आफ्नो घर समेत विक्रि गरेर हिमाल आरोहण थालेको बताए ।

उनले तीन महिनामा नै ११ हिमाल त आरोहण गरेर विश्वलाई चकित पारिसकेका छन् ।हिमाल आरोही निम्सले सात महिनाभित्र उल्लेखित १४ वटै हिमालहरुको सफल आरोहण गर्ने लक्ष्य लिएकोमा अब बाँकी रहेका तीन वटा हिमालहरुको आरोहण पुरा गर्ने लक्ष्य लिएको उनले उक्त कार्यक्रममा बताए।

हिमाल आरोहणका लागि उक्त जागिर परित्याग गर्दै १२ दिनमा आठ हजार मिटर भन्दा अग्ला पाँचवटा हिमालहरुको सफल आरोहण गरेको अनुभव निर्मल पुर्जा ‘निम्स’ सुनाए।