You are here
Home > समाचार > दक्षिण सुडान मिसन पुरा गरि फर्केका सशस्त्रलाई भव्य स्वागत

दक्षिण सुडान मिसन पुरा गरि फर्केका सशस्त्रलाई भव्य स्वागत

१८ भाद्र २०७६, बुधबार २०:३७

काठमाडौं -दक्षिण सुडानमा शरणार्थीहरुको सुरक्षाको प्रमुख जिम्मेवारी भने सशस्त्र प्रहरी बललाई दिएको छ । शरणार्थीबीच नै हुन सक्ने झगडा देखि दैनिक शान्ति सुरक्षाको जिम्मेवारी संयुक्त राष्ट्रसंघले सशस्त्र प्रहरी बललाई दिएको हो।

संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ दक्षिणी सुडानमा खटिई आफ्नो कार्यकाल सफलतापुर्वक सम्पन्न गरी स्वदेश फिर्ता भएका राष्ट्रसेवकहरुलाई एक कार्यक्रमकाबीच महानिरीक्षक शैलेन्द्र खनालले स्वागत गरेका छन्।

वाउ राज्यमा शरणार्थीको सुरक्षार्थ खटिएका घानाका प्रहरीबाटै असुरक्षा भएपछि उनीहरुलाई मिसनबाटै हटाएर त्यसको जिम्मेवारी पनि सशस्त्रलाइ थपिएको छ। मिसन अन्तर्गत सशस्त्र प्रहरीले उत्कृष्ट पुरस्कार पाइसकेको छ ।

दुइवटा मिसनलाई चार भागमा विभाजन गरेर सशस्त्र प्रहरी बलका ३ सय २० जना अहिले दक्षिण सुडानमा छन। सशस्त्रको भूमिकाका कारण राष्ट्र संघले संख्या थप गर्ने प्रस्ताव अगाडी बढाएको छ।