You are here
Home > राजनीति > कांग्रेसको दोस्रो चरणको राष्ट्रिय जागरण अभियान भदौ २४ देखि असोज ७ सम्म

कांग्रेसको दोस्रो चरणको राष्ट्रिय जागरण अभियान भदौ २४ देखि असोज ७ सम्म

१९ भाद्र २०७६, बिहीबार १८:१३

काठमाडौं – प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सरकारविरुद्ध खवरदारी र पार्टी सढृढकरणको लागि फेरि अभियान संचालन गर्ने भएको छ । कांग्रेसले बिहीबार अभियान कार्यक्रम सार्वजनिक गरेको छ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बीपी सरकारविरुद्ध खवरदारी, पार्टी सुढृढीकरण र समसामयिक सहित १५ बिषय राखेर जयन्ती पारेर भदौ २४ देखि असोज ७ गतेसम्म ‘हिपतम’ जागरण अभियानको दोस्रो चरणका कार्यक्रम संचालन गरिने बताउनुभयो । अभियान ७ वटै प्रदेशका ७७ जिल्ला र सबै प्रदेश निर्वाचन क्षेत्रमा संचालन गरिने कांग्रेसले जनाएको छ ।

अभियानमा केन्द्रीय प्रतिनिधि खटाइने भएको छ । काग्रेसले अभियानमा खटिने केन्द्रीय प्रतिनिनिधि र नेता तथा कार्यकर्तालाई कम बोल्न र जनताको कुरा सुन्न निर्देशन दिएको छ ।

कांग्रेसले अभियानको क्रममा ठाउँ ठाउँमा जुलुश प्रदर्शन तथा सभा गर्ने भएको छ ।