You are here
Home > राजनीति > प्रधानमन्त्री ओली स्वदेश फिर्ता

प्रधानमन्त्री ओली स्वदेश फिर्ता

२० भाद्र २०७६, शुक्रबार १२:४६

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली सिङ्गापुरबाट उपचार गरी शुक्रबार मध्यान्ह स्वदेश फर्किएका छन्। सिङ्गापुरबाट थाइल्याण्ड हुँदै मध्यान्ह थाई एयरवेजबाट प्रधानमन्त्री ओली स्वदेश फर्किएका हुन्।

प्रधानमन्त्रीलाई स्वागत गर्न रक्षामन्त्री इश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीसहितका सरकारका उच्च पदस्थ अधिकारी विमानस्थलमा पुगेका थिए। यो पटक पनि ओलीले विमानस्थलको भीआईपी कक्षमा पत्रकारहरुसँग कुरा गरेनन्।

ओलीले बोल्ने अपेक्षासहित धेरै पत्रकारहरु विमानस्थल पुगेका थिए। मिर्गौलासम्बन्धी एण्टिबडीको उपचारका लागि उनी गत भदौ ५ गते त्यसतर्फ गएका थिए। उनको सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी अस्पतालमा उपचार भएको थियो।