You are here
Home > राजनीति > ‘जघन्य अपराधका घटना हुन नदिन सरकारले नीतिगत र संरचनागत प्रयास गर्दैछ’

‘जघन्य अपराधका घटना हुन नदिन सरकारले नीतिगत र संरचनागत प्रयास गर्दैछ’

२० भाद्र २०७६, शुक्रबार १४:०२

काठमाडौं- गृहमन्त्री रामबहादुर थापाले मानव बेचविखन तथा ओसारपसारजस्ता जघन्य अपराधका घटना हुन नदिन सरकारले नीतिगत र संरचनागत प्रयास गरिरहेको बताएका छन्। मानव बेचविखन तथा ओसारपसार विरुद्धको १३ औं राष्ट्रिय दिवसको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले मानव बेचबिखन बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै यसको नियन्त्रणका लागि सरकारले गम्भीरतापूर्वक काम गरिरहेको बताए।

गृहमन्त्री थापाले नेपालको संविधानले सबै प्रकारका शोषणविरुद्धको हकलाई मौलिक हकको रुपमा व्यवस्था गरी, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि कानुन निर्माण गरेर अपराध रोक्न सकिने बताए ।

उनले महिला हिंसाविरुद्ध हुने सबै प्रकारका अपराध नियन्त्रणका लागि प्रहरीलगायतका राज्यका सबै निकायलाई परिचालन गरेर मानव बेचविखन तथा ओसारपसार हुन नदिने काम गरिरहेको पनि बताए।