You are here
Home > राजनीति > प्रधानमन्त्रीको स्वास्थ्य सामान्य (विज्ञप्तिसहित)

प्रधानमन्त्रीको स्वास्थ्य सामान्य (विज्ञप्तिसहित)

२० भाद्र २०७६, शुक्रबार १५:२५

काठमाडौं -दुई हप्ता लामो स्वास्थ्योपचार गरेर फर्किएका प्रधानमन्त्री केपी शर्मा ओली नियमित काममा फर्किने भएका छन्। प्रधानमन्त्रीको निजी चिकित्सक प्राडा. दिव्या सिंहले एक विज्ञप्ति जारी गर्दै अब प्रधानमन्त्री पूर्ण स्वस्थ भई सामान्य अवस्थामा फर्किसकेकाले अब दैनिक रूपमा उनी आफ्नो काममा फर्कन सक्ने बताएकी हुन्।