You are here
Home > अर्थ/बजार > कैलाली प्रहरीद्धारा अबैध २९ लाख ८० हजार बरामद

कैलाली प्रहरीद्धारा अबैध २९ लाख ८० हजार बरामद

२० भाद्र २०७६, शुक्रबार १५:४०

काठममाडौं-जिल्ला प्रहरी कार्यालय कैलालीले ४ वटा पेस्तोलसहित १८ करोड बढीका तमसुकसहित तीनजना पक्राउ गरेको प्रहरीले त्यसको भोलिपल्टै २९ लाख ८० हजार अवैध रकमसहित एक जनालाई पक्राउ गरेको छ।

भारतीय नम्बर प्लेटमाको गाडीमा अवैध वस्तु रहेको गोप्य सूचनाको आधारमा प्रहरीले भारतीय नागरिक अतुल बर्मालाई पक्राउ गरेको हो। भारतीय नागरिकबाट २५ लाख नेपाली रुपैयाँ र ३ लाख भारतीय रुपैयाँ बरामद गरेको छ। युपी ३१ एके ७३४८ नम्बरको गाडीमा लुकाएर ल्याउँदै गरेको अवस्थामा उक्त रकम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक सुदीप गिरीले जानकारी दिए।

उनले भारतको पलियाबाट अवैध केही महत्त्वपूर्ण कुरा आउँदै गरेको सूचनाको आधारमा सोधपुछ गर्दा यति ठूलो रकम फेला पारेको बताए।

अतुल बर्माको साथबाट ५० हजार भारतीय रकम बरामद भएको थियो भने अन्य रकम गाडीमा लुकाइएको अवस्थामा फेला परेको हो। उनीसँग छवटा विभिन्न बैंकका एटिएम कार्डसमेत प्रहरीले बरामद गरेको छ। उनीबाट विभिन्न खाली चेक समेत भेटिएको छ। पक्राउ गरेका व्यक्तिको धनगढीमा सुन पसल रहेको प्रहरीले जनाएको छ।