You are here
Home > समाचार > महेन्द्रनगरकी चन्द्रा बनिन् पोखरा विश्वविद्यालय ‘टपर’

महेन्द्रनगरकी चन्द्रा बनिन् पोखरा विश्वविद्यालय ‘टपर’

२० भाद्र २०७६, शुक्रबार १६:११

कञ्चनपुर- महेन्द्रनगरकी चन्द्रा साउद पोखरा विश्वविद्यालय ‘टपर’ भएकी छिन् । उनले जिपिए ४ प्राप्त गरेकी छिन् । कलेजको सातौँ ब्याचमा अध्ययनरत साउद पोखरा विश्वविद्यालय टपर भएकी हुन् । उनले यो उच्च अंकको समेत रेकर्ड राखेकी छिन् ।

उनी महेन्द्रनगरकै ब्रिक्सटन कलेजकी विद्यार्थी हुन् । यो कलेजबाट परीक्षामा सम्मिलित सातौँ ब्याचका विद्यार्थीमध्ये ८३ प्रतिशत विद्यार्थी उर्तिण हुन सफल भएका छन् । कलेजबाट सम्मिलित २९ जना विद्यार्थीहरुले नै उत्कृष्ट नतिजा पाएका छन् ।

कलजेकी एक विद्यार्थीले विश्वविद्यालय टप गरेको र अन्य विद्यार्थीले समेत उत्कृष्ट नतिजा ल्याएको प्रिन्सिपल निशा भट्टले बताइन । महेन्द्रनगरको ब्रिक्सटन कलेज व्यवस्थापन संकायको बिबिएका लागि यस क्षेत्रकै उत्कृष्ट कलेजका रुपमा स्थापित हुदै गएको छ ।