You are here
Home > प्रशासन > एमबीबीएस इन्ट्रान्स परीक्षा रोक्न सर्वोच्चको अन्तरिम आदेश

एमबीबीएस इन्ट्रान्स परीक्षा रोक्न सर्वोच्चको अन्तरिम आदेश

२० भाद्र २०७६, शुक्रबार १९:३७

काठमाडौं -त्रिभुवन विश्वविद्यालयअन्तगतका चिकित्सा शिक्षण संस्थानको ‘एमबीबीएस’ तहको भोलि (शनिबार) का लागि तय भएको इन्ट्रान्स परीक्षा रोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । आयुष ओझासहित विद्यार्थीले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानविरुद्ध दिएको उत्प्रेषणको रिटमा सुनवाई गर्दै सर्वाेच्चका न्यायाधीश तेजबहादुर केसीको एकल इजलाशले शुक्रबार परीक्षा रोक्न अन्तरीम आदेश दिएको हो ।

सर्वोच्चले २५ भदौमा छलफलका लागि रिट निवेदक र विश्वविद्यालय पक्षलाई बोलाउन सूचना जारी गर्ने आदेश दिएको छ ।

‘२०७५ साल फागुन १० गतेदेखि लागू भएको चिकित्सा शिक्षा ऐनको प्रावधान र अहिले विभिन्न सरकारी चिकित्सा शिक्षण संस्थाबाट निकालिएको विज्ञापनबीच तादात्म्यता मिलाउन छलफलबाट नै निर्क्यौलमा पुग्नुपर्ने देखिँदा शनिबारको प्रवेश परीक्षा सञ्चालन नगर्नु,’ आदेशमा भनिएको छ ।