You are here
Home > समाचार > पेस्तोलसहित माछापोखरीबाट सात जना पक्राउ

पेस्तोलसहित माछापोखरीबाट सात जना पक्राउ

२१ भाद्र २०७६, शनिबार १९:२०

काठमाडौं-प्रहरीले दुई पेस्तोल र गोलीसहित काठमाडौंको माछापोखरीबाट सात जनालाई पक्राउ गरेको छ।शनिबार अपरान्ह ४ बजे प्रहरीले गुण्डागर्दीमा संलग्न रहेका सात जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए। पक्राउ परेकाहरूको पहिचान प्रहरीले खुलाएको छैन ।

काठमाडौं प्रहरी परिसर टेकुले चलाएको विशेष अपरेसनमा ७ जना  समातिएका हुन् । प्रहरीले पेस्तोल के प्रयोजनमा लागि बोकिएको थियो भन्ने खुलेको छैन ।