You are here
Home > राजनीति > कांग्रेस अछाम–काठमाडौं सम्पर्क समितिद्धारा ७ जना सम्मानित

कांग्रेस अछाम–काठमाडौं सम्पर्क समितिद्धारा ७ जना सम्मानित

२१ भाद्र २०७६, शनिबार २१:०१

काठमाडौं –नेपाली कांग्रेस अछाम–काठमाडौं सम्पर्क समितिले सात जनालाई सम्मानित गरेको छ।
अछाम–काठमाडौं सम्पर्क समितिद्धारा आज आयोजित जय नेपाल स्मारिक विमोचन तथा दशैं, तिहारको शुभकामना आदान प्रदान कार्यक्रममा सात जनालाई सम्मानित गरेको हो। सम्मानित हुनेमा प्रतिनिधि सभाका सांसद रामबहादुर विष्ट, पूर्व सांसद आरजु राणा देउवा, पूर्व सांसद तथा पूर्व राजदुत बलबहादुर कुवर, जगत बहादुर धामी, टेकबहादुर विक, भीमबहादुर साउद, शान्ता कुवर र ज्वाला विष्ट रहेका छन्।

देउवालाई एशियाकी पहिलो महिला मन्त्री द्वारीकादेवी ठकुरानी नाममा सम्मान गरिएको छ। यस्तै सांसद विष्टलाई एनडी प्रकाश चन्डीका नामा सम्मान गरिएको थियो भने पूर्वराजदुत बलबहादुर कुवरलाई सिद्धराज ओझाको नाममा सम्मान गरिएको छ। अन्यलाई जय नेपाल स्मारिका विमोचनामा संयोग गरेरुप कदरपत्र प्रदान गरिएको थियो ।

सोही कार्यक्रममा अछामको रामारोशन गाउँपालिकाका ७ जना सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता–कायकर्ता काँग्रेसमा प्रवेश गरेको छन् । प्रवेश गर्नेहरुमा मानबहादुर साउद, जयप्रकाश साउद, ताराबहादुर साउद, शक्ति साउद, नरेश साउद, दुर्गाबहादुर साउद र तपेन्द्र साउद रहेको छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सह–महामन्त्री प्रकाशशरण महतको सहभागिता रहेको थियो।