You are here
Home > राजनीति > समद्ध नेपालका लागि जीवन उपयोगी शिक्षा आवश्यकः प्रधानमन्त्री ओली

समद्ध नेपालका लागि जीवन उपयोगी शिक्षा आवश्यकः प्रधानमन्त्री ओली

२२ भाद्र २०७६, आईतवार ०९:३२

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल,सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्न जीवन उपयोगी शिक्षाको आवश्यकता रहेको बताएका छन्।

चालिसौं राष्ट्रिय शिक्षा दिवस तथा त्रिपन्नौं अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्ती ओलीले नेपालीका पूर्खाहरुले वैदिक काल देखि नै मान्यजन तथा विद्वत व्यक्तित्वहरुको सानिध्यमा कचहरी,धामिर्क सभा,गुरुकुल शिक्षा जस्ता संस्थाबाट शिक्षाको प्रचार गर्ने गरेको बताए।

“समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न विद्वान पुर्खाका सन्तान हामी नेपालीले फेरि ज्ञानगुन, जीवनउपयोगी शिक्षा र नवप्रवद्र्धनात्मक सोचको विकास गर्नु पर्नेछ” प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख छ। विश्वमा ज्ञानको प्रसार नहुंदै नेपालमा वेदका ऋचाहरुको रचना गरिएको प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ।