You are here
Home > राजनीति > प्रचण्डलाई थारू कल्याणकारीले बुझायो ७ बुँदे ज्ञापनपत्र

प्रचण्डलाई थारू कल्याणकारीले बुझायो ७ बुँदे ज्ञापनपत्र

२२ भाद्र २०७६, आईतवार १३:२२

काठमाडौं -थारू कल्याणकारिणी सभाले २०७२ भदौ ७ गते कैललीको टिकापुरमा भएको थारूवान आन्दोलन राजनैतिक आन्दोलन भएको भन्दै सो क्रममा गिरफ्तार भएका नेता तथा कार्यकर्ताहरूलाई अविलम्ब रिहाइको माग गरेको छ।

सभाले घटना राजनैतिक भएकाले समाधान राजनैतिक सहमतिका आधारमा खोजिनुपर्ने पनि माग गरेको छ। पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आइतबार खुमलटारमा भेटेर सभाका अध्यक्ष धनिराम चौधरीसहितको प्रतिनिधि मण्डलले ज्ञापनपत्र बुझाएको हो।

ज्ञापनपत्रमा राज्यका हरेक अंग, तह र तप्कामा संवैधानिक व्यवस्थाअनुसार समानुपातिक तथा समावेशी प्रतिनिधित्वको कार्यान्वयन गर्न र लोकसेवा आयोगको प्रकाशित विज्ञापन अविलम्ब खारेज गर्न पनि माग गरिएको छ।