You are here
Home > समाचार > घुस रकमसहित ट्राफिक प्रहरीका असई पक्राउ

घुस रकमसहित ट्राफिक प्रहरीका असई पक्राउ

२२ भाद्र २०७६, आईतवार १३:२८

सिन्धुली- अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शनिबार साँझ सिन्धुलीको नेपालथोक ट्राफिक प्रहरी चौकीका असई श्याम माझीलाई घुस सहित पक्राउ गरेको छ ।

ट्राफिक जाँचका क्रममा काठमाडौँबाट पूर्वतर्फ गईरहेका सवारी साधानबाट घुस लिँदै गर्दा उनलाई टोलीले पक्राउ गरेको हो । विपी राजमार्ग अन्तर्गतको नेपालथोकमा लामो समयदेखि कार्यरत ट्राफिकका असई माझीले पूर्वतिर जाने पाँच वटा गाडीबाट दुई हजार रुपियाँको दरले रकम उठाएको पाइएपछि उक्त रकमसहित माझीलाई अख्तियारले पक्राउ गरेको हो ।

माझीलाई घुस सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख एसपी चक्र बहादुर सिंहले पुष्टि गरेका छन् ।