You are here
Home > राजनीति > एनसेलबारे सर्वोच्चको फैसला सच्याउनुपर्छः देव गुरुङ

एनसेलबारे सर्वोच्चको फैसला सच्याउनुपर्छः देव गुरुङ

२२ भाद्र २०७६, आईतवार १४:४६

काठमाडौं –सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक देव गुरुङले एनसेलको पुँजीगत लाभकरसम्बन्धी सर्बोच्च अदालतको पछिल्लो फैसला बेठिक भएको औंलाएका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा नेकपा संसदीय दलका प्रमुख सचेतक तथा पूर्व कानुनमन्त्री गुरुङले सर्बोच्चको पछिल्लो आदेश बेठीक रहेकाले त्यसलाई सच्याउन आवश्यक रहेको बताएका हुन्।

गुरुङले अर्बौ रुपैया राज्यलाई घाटा पार्ने सो आदेशविरुद्ध सर्वोच्च अदालतको पूर्ण इजलासमा पुनरावलोकनका लागि सरकार जानुपर्ने बताएका छन् । उनले सो आदेश सर्बोच्चकै यसअघि २०७५ माघ २३ को फैसलाको पनि विपरीत आएको बताएका छन् ।