You are here
Home > समाचार > पाँच हजार घुस लिँदै गर्दा प्रहरी जवान पक्राउ

पाँच हजार घुस लिँदै गर्दा प्रहरी जवान पक्राउ

२३ भाद्र २०७६, सोमबार १३:१४

पर्सा – अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाको टोलीले पाँच हजार घुस लिँदै गरेको अवस्थामा पर्सामा कार्यरत प्रहरी जवान गम्भीरा साह तेलीलाई रंगेहात पक्राउ गरेको छ।

सोमबार दिउँसो वीरगञ्‍जको माईस्थान चोकको दही पसलमा बसेर सेवाग्राहीसँग नगद पाँच हजार लिँदै गरेको अवस्थामा अख्तियारको टोलीले उनलाई रंगेहात पक्राउ गरेको हो। पक्राउ परेका प्रहरी ज़वान तेलीलाई अख्तियार दुरुपयोग अनुसन्‍धान आयोगको कार्यालय हेटौँडामा राखि थप अनुसन्‍धान गरिने टोलीले जनाएको छ।