You are here
Home > समाचार > बहुबिवाहको आरोपमा गाउँपालिका अध्यक्ष प्रहरी हिरासतमा

बहुबिवाहको आरोपमा गाउँपालिका अध्यक्ष प्रहरी हिरासतमा

२३ भाद्र २०७६, सोमबार १३:१८

प्यूठान -गौमुखी गाउँपालिका प्यूठानका अध्यक्ष बहुबिवाहको मुद्धामा प्रहरी हिरासतमा पुगेका छन् । अध्यक्ष बिष्णु कुमार गिरीलाईलाई उनको श्रीमतीले बहुबिवाहको मुद्धा दायर गरेकी हुन् । श्रीमती सीता केसीले बहुबिवाहको मुद्धा दायर गरेपछि गिरी आफै जिल्ला प्रहरी कार्यालय प्यूठान पुगेका थिए ।

अध्यक्ष गिरीले आफनो दोस्रो बिवाह नगरेको र गर्ने परे सबैलाई भनेरै गर्ने प्रहरीसमक्ष बताएका छन् । गिरी र श्रीमती गौमुखी बिगत १० बर्षदेखि अलग्गै बस्दै आएका छन् । उनीहरुको दुई छोरीहरु रहेका छन् ।