You are here
Home > समाचार > सुनसहित विमानस्थलबाट तीनजना पक्राउ

सुनसहित विमानस्थलबाट तीनजना पक्राउ

२३ भाद्र २०७६, सोमबार १४:३१

काठमाडौँ – त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो चारसय ग्राम अवैध सुनसहित तीनजना पक्राउ परेका छन् । त्रिभूवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीले कतारबाट आएका व्यक्तिको साथबाट १४ सय ग्राम सुन बरामद गरेको हो।

‘कतारबाट आएको हिमालयन एयरलाइन्सको विमानमा आएका व्यक्तिलाई शंका लागेर कर्मचारीले खानतलासी गर्दा मसला कुट्ने खलमा लुकाएर ल्याएको १४ सय ग्राम सुन बरामद भएको छ’ त्रिभूवन विमानस्थल भन्सार कार्यालयका निमित्त प्रमुख ध्रुब विश्वकर्माले जानकारी दिए।