You are here
Home > समाचार > विप्लवका दुई विद्यार्थी नेता पक्राउ

विप्लवका दुई विद्यार्थी नेता पक्राउ

२३ भाद्र २०७६, सोमबार १५:५६

बैतडी -सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेकपा समूहको विद्यार्थी संगठनका २ जनालाई बैतडीवाट पक्राउ गरिएको छ।

पक्राउ गरिनेमा नेकपा समूहको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका दार्चुला जिल्ला संयोजक ध्वनि धामी  र खगराज नेपाली रहेका छन्।  दुबैजनालाई प्रहरीले बैतडीको दोगडाकेदार गाउँपालिका ६ धौलिढुंगास्थित लटिनाथ आधारभुत विद्यालयवाट नियन्त्रणमा लिएको हो। उक्त विद्यालयमा आफ्नो संगठन विस्तार गरिरहेका बेला उनीहरूलाई पक्राउ गरिएको बैतडीका प्रहरी प्रवक्ता किसन चन्दले जानकारी दिए।

पक्राउ गरेका दुवैजनामाथि बैतडी जिल्ला अदालतवाट अभद्र व्यवहारको मुद्दा चलाई अनुसन्धानको लागि १० दिनको म्याद थप गरिएको उनले बताए।