You are here
Home > समाचार > चिनियाँ विदेशमन्त्री वाङ चन्द्रागिरि हिल्समा

चिनियाँ विदेशमन्त्री वाङ चन्द्रागिरि हिल्समा

२३ भाद्र २०७६, सोमबार १६:४२

काठमाडौं -तीन दिने नेपाल भ्रमणका लागि आइतबार काठमाडौं आउनुभएका चिनियाँ विदेशमन्त्री वाङ यी सोमबार बिहान पर्यटकीय पर्वत चन्द्रागिरि पुग्नुभएको छ ।

काठमाडौंको पश्चिम–दक्षिणमा अवस्थित आकर्षक पर्यटकीय पर्वत चन्द्रागिरिमा विदेशमन्त्री वाङ केबलकारमार्फत पुग्नुभएको हो । चन्द्रागिरिको चुचुरोमा विदेशमन्त्री वाङलाई चन्द्रगिरि हिल्स लिमिटेडका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, चन्द्रागिरि हिल्सका महाप्रबन्धक अभिशेख विक्रम शाह, सञ्चालकहरु हेमराज ढकाल र अम्बिकाप्रसाद पौडेललगायतले स्वागत गर्नुभएको थियो ।

चन्द्रागिरि डाँडामा अत्याधुनिक रिसोर्टको निर्माणसँगै विविध एकीकृत पर्यटकीय संरचनाहरुका साथै भालेश्वर महादेवको मन्दिर निर्माण गरिएको छ ।