You are here
Home > राजनीति > नेपाल–चीनबीच तीन सम्झौता, आपतकालीन राहतका लागि ३ हजार टेन्ट उपलब्ध गराउने

नेपाल–चीनबीच तीन सम्झौता, आपतकालीन राहतका लागि ३ हजार टेन्ट उपलब्ध गराउने

२३ भाद्र २०७६, सोमबार १८:०३

काठमाडौं-नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी र नेपालका समकक्षी प्रदीपकुमार ज्ञवालीबीच भेटवार्ता भएको छ ।

बिहीबार राजधानीको याक एण्ड यति होटलमा दुई मन्त्रीबीच औपचारिक भेटवार्ता भएको हो । भेटका क्रममा दुई पक्षीय भेटवार्ताका क्रममा नेपाल र चीनबीच विभिन्न तीन वटा समझदारीपत्रमा हस्ताक्षर समेत भएको छ ।

जसअनुसार मनाङमा चीनले ३५ करोड रुपैयाँ सहयोगमा अस्पताल बनाउने, आपतकालीन राहतका लागि ३ हजार टेन्ट उपलब्ध गराउने, चिनियाँ स्वयं सेवक शिक्षकहरु नेपाल आउनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो । आजै चिनियाँ विदेशमन्त्रीको सम्मानमा परराष्ट्रमन्त्री ज्ञवालीले रात्रिभोजको आयोजना गरेका छन् ।