You are here
Home > राजनीति > कैलालीमा नेकपा नेताको गाडीमा आगजनी

कैलालीमा नेकपा नेताको गाडीमा आगजनी

२४ भाद्र २०७६, मंगलवार ०९:०७

कैलाली -कैलालीमा नेपाल कम्युनिस्ट पार्टी नेकपाका स्थानीय  नेताको घरमा राखिएको स्कारपियो गाडी अज्ञात समूहले आगजनी गरेको छ । घोडाघोडी नगरपालिका १ सुन्दरपुरमा नेकपाका स्थानीय नेता गौरी प्रसाद जोशीले आफ्नै घरमा  पार्किङ गरी राखिएको बा ९ च ६५९७ नम्बरको स्कारपियो गाडीमा गए राति करिब १२ बजेतिर अज्ञात समूहद्वारा आगजनी गरेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ।

आगजनीबाट गाडीको अगाडीको भाग जलेर क्षति भएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी निरीक्षक हरिश शरण भट्टले जानकारी दिए। ‘राति करिब १२ बजे पछि आगो लगाइएको अनुसन्धानबाट खुलेको छ ’उनले भने, ‘छिमेकीले थाहा पाएपछि घरका अन्य सदस्यले आगो नियन्त्रणमा लिए।’ जोशी तत्कालीन माओवादीका केन्द्रीय सदस्य थिए।