You are here
Home > समाचार > आइजीपी सर्वेन्द्र खनालद्धारा महानगरीय प्रहरी परिसरभित्र नयाँ भवनको शिलान्यास

आइजीपी सर्वेन्द्र खनालद्धारा महानगरीय प्रहरी परिसरभित्र नयाँ भवनको शिलान्यास

२४ भाद्र २०७६, मंगलवार १३:०९

काठमाडौं -प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले विदेशीहरुले गर्ने अपराध निस्तेज गर्न नेपाल प्रहरी सक्षम रहेको बताएका छन्।

काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लवको नयाँ भवन शिलन्यास कार्यक्रममा मंगलवार बोल्दै प्रहरी महानिरीक्षक खनालले उक्त कुरा बताएका हुन्।

कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक खनालले विदेशीहरुलाई अपराधका लागि नेपाली भूमि क्रिडास्थल बनाउन नदिने बताउदै अपराध र अपराधीका विरुद्धमा नेपाल प्रहरीले कठोररुपमा कदम चाल्ने बताए।

नेपाल आएका विदेशी अपराधीहरु विमानस्थलमा नै पक्राउ परेका छन् उनले भने, कतिपय अपराध गरेर भाग्ने क्रममा पनि पक्राउ परेका छन् ।

प्रहरीको आँकडा अनुसार ५ वर्षमा ३५ सय विदेशी नागरिक पक्राउ परेका छन् । १ वर्षमा ६ सय विदेशीलाई डिपोर्ट गरिएको छ।