You are here
Home > प्रशासन > एनसेलको पुँजीगत लाभकर छुट दिने न्यायाधीशलाई महाअभियोग लगाउन सांसदको माग

एनसेलको पुँजीगत लाभकर छुट दिने न्यायाधीशलाई महाअभियोग लगाउन सांसदको माग

२४ भाद्र २०७६, मंगलवार १६:५१

काठमाडौँ – एनसेललाई पुँजीगत लाभकरमा छुट दिने गरी मुद्दाको फैसला गर्ने न्यायाधीशलाई महाअभियोग लगाउन मंगलवार पनि माग गरेका छन्।
मंगलबार नेकपाका सांसदहरु खगराज अधिकारी, मोहना बानियाँ र यज्ञराज सुनुवारले एनसेलको लाभकर छुट दिने न्यायाधीशलाई कारबाहीको दायरामा ल्याउन माग गरेका हुन्।

प्रतिनिधिसभाको शून्य समयमा सांसद बानियाँले संविधान र कानुनको रक्षा गर्ने दायित्व बोकेको सर्वोच्च अदालत नै कानुनको भक्षक भएको आरोप लगाए। ‘

त्यस्तै नेकपाकै सांसद यज्ञराज सुनुवारले पनि सर्वोच्चको फैसलाले एनसेललाई मात्र नभइ मुद्दा फैसला गर्ने न्यायाधीशहरुलाई समेत फाइदा भएको आशंका जनमानसनमा उब्जेको बताए।
सांसद खगराज अधिकारीले पनि ‘एनसेलको लाभ कर सरकारले पाउनु पर्छ कि पर्दैन भन्दै प्रश्न गरे।
यसअघि आइतबार पनि सांसदहरुले महाअभियोग लगाउन माग गरेका थिए।

भदौ ९ गने सर्वोच्च अदालतको पाँच न्यायाधीश सम्मिलित बृहत् पूर्ण इजलाशले राज्यलाई करिब १८ अर्ब घाटा हुने गरी एनसेलको पुँजीगत लाभकर घट्ने गरी ठूला करदाता कार्यालयले निर्धारण गरेको कर बदर गरेको थियो।