You are here
Home > समाचार > हत्याको सुपारी लिएर भक्तपुर पुगेका सुटर पेस्तोलसहित पक्राउ

हत्याको सुपारी लिएर भक्तपुर पुगेका सुटर पेस्तोलसहित पक्राउ

२४ भाद्र २०७६, मंगलवार १७:००

काठमाडौं-भक्तपुर प्रहरीले लोड गरेको पेस्तोलसहित एक जना सुटरलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाराको फेटा गाउँपालिका घर भएका शम्भुप्रसाद साह रहेका छन् ।

उनलाई महानगरीय प्रहरी वृत्त जगातीका प्रमुख डीएसपी चक्रराज जोशीको टोलीले भक्तपुरको सूर्यविनायक नगरपालिका– ९ भातेढिकुरबाट सोमबार राति पक्राउ गरेको हो ।

डीएसपी जोशीका अनुसार साह व्यक्तिहत्याको सुपारी लिने सहमतिअनुसार भक्तपुर पुगेको देखिन्छ ।