You are here
Home > समाचार > बलात्कारको आरोपमा इन्जिनियर पक्राउ

बलात्कारको आरोपमा इन्जिनियर पक्राउ

२५ भाद्र २०७६, बुधबार ०८:३०

बैतडी- प्रहरीले बलात्कारको आरोपमा एकजना इन्जिनियरलाई पक्राउ गरेको छ । मंगलबार साँझ मेलौली नगरपालिकाका इञ्जिनीयर २७ वर्षीय रोशन चन्दलाई बलात्कारको आरोपमा पक्राउ गरिएको प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए ।

स्थानीय १७ वर्षीय किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा किशोरीका आफन्तले दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । ‘सोमबार किशोरीलाई ललाइफकाई डडेल्धुरा लगी जबर्जस्तीकरणी गरेको आरोप लागेको छ,’ प्रहरी निरीक्षक चन्दले भने, ‘अनुसन्धानका लागि पक्राउ गरेका हौं ।’