You are here
Home > समाचार > पर्यटन प्रवद्र्धनका लागि मिस फारवेष्ट २०१९, प्रतियोगितामा प्रथम हुनेलाई स्कुटर

पर्यटन प्रवद्र्धनका लागि मिस फारवेष्ट २०१९, प्रतियोगितामा प्रथम हुनेलाई स्कुटर

२५ भाद्र २०७६, बुधबार १८:४६

काठमाडौं –पर्यटन तथा संस्कृतिको प्रवद्र्धन र नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पुर्याउने उदेश्यले दोस्रो संस्करणको मिस फारवेष्ट नेपाल २०१९ (सौन्दर्य एवम् कला) प्रतियोगिता हुने भएको छ। रोयल कोलावोरेटिम्भस प्रालीले बुधवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरि मिस फारवेष्ट नेपाल सुदूरपश्चिमको सबैभन्दा ठूलो सौन्दर्य एवम् कला प्रतियोगिता भएको दावी गरेको हो।

पत्रकार सम्मेलनमा बोल्दै रोयल कोलावोरेटिभ्सका अध्यक्ष गजेन्द्र शाहीले सुदूरपश्चिमका पर्यटकीय स्थललाई परिचित गराउनका लागि अडिशनले सहयोग पुर्याउने बताए। अडिसनमा गत वर्ष अछाम, डोटी र सुदूरपश्चिमका अन्य जिल्लाबाट पनि सहभागिता रहेको थियो, उनले भने,‘यो वर्ष पनि उत्साहपूर्व प्रतियोगितामा सहभागिता जनाउने देखिएको छ।’

उनले यसका साथै विभिन्न सामाजिक कार्यमा पनि आफ्नो कार्य जारी रहेको अध्यक्ष शाहीले बताए। धनगढीमा कपडा बैंक स्थापना गरिएको छ, गरिव असाहायलाई राहत भएको छ, उनले भने, ‘१५ वटा ठाउँमा स्टल र कपडा संकलनका लागि बक्स राखिएको र धनगढीको एलनचोक गरि तीन ठाउँमा संकलन केन्द्र बनाइएको छ।’

गत वर्षदेखि सुरु भएको मिस फारवेष्ट दोस्रो संस्करणका लागि आवेदन फाराम वितरण भईरहेको आयोजकले बताएको छ। कञ्चनपुरको महेन्द्रनगर, कैलालीको टीकापुर र धनगढीमा क्रमशः असोज ३,४ र ५ गते हुने अडिशनबाट छनौट भएका प्रतियोगिलाई असोज ७ गतेबाट सुरु हुने एक महिने व्यक्तित्व विकास सम्वन्धी तालिम तथा कोरियोग्राफर जेनिशा तामाङले दिने भएकी छन्।

एक महिनाकोे प्रशिक्षण पछि कार्तिक ६ गते हुने अडिशनमार्फत २७ जनालाई प्रतियोगितामा छनौट गरिने जनाइएको छ। यस प्रतियोगिताको निर्णायकमा सन् २००५ कि मिस नेपाल सुगारिका केसी, मिस नेपाल आयोजक संस्था हिडर ट्रेजरका प्रमुख गोपाल कक्षपति, नमुना कलेज अफ फेसन टेक्नोलोजीकी प्रमुख ज्ञानी शोभा तुलाधर र चलचित्र निर्माता सरोज न्यौपाने रहने आयोजकले जानकारी दिएको छ।

प्रतियोगितामा प्रथम स्थान हासिल गर्नेलाई एक थान स्कुटरसँगै क्राउन, दोस्रोलाई ५० हजार र तेस्रो हुनेलाई २५ हजार रुपैयाँको व्यवस्था गरिएको छ। प्रतियोगिताका विभिन्न १० विद्यामा उत्कृष्ट हुनेलाई गिफ्ट ह्याम्परसँगै विधागत उपाधी दिइने छ। रोयल कोलाबोरेटिभ्स प्राली धनगढीका समाजसेवी युवा अभियान्ताको समूहले सञ्चालन गरेको संस्था हो।

यसले विभिन्न समाजसेवी कार्यहरु सञ्चालन गर्दै आईरहेको छ। मिस फारवेष्ट कार्यक्रमबाट प्राप्त भएको मुनाफाले धनगढीस्थित असाहाय, एकल दलित महिलाको ६ सदस्यीय परिवारलाई वर्ष भरिको सम्पूर्ण खाद्यन्न सामग्री उपलव्ध गराउँदै आएको छ। दोस्रो संस्करणको मिस फारवेष्टको मुख्य प्रायोजकको रुपमा चौधरी ग्रुप नेपालको उत्पादन नेपाल आइस रहेको छ।