You are here
Home > समाचार > पूर्वराजदुत झा हत्याका अभियुक्त तामाङ चेल चलान

पूर्वराजदुत झा हत्याका अभियुक्त तामाङ चेल चलान

२५ भाद्र २०७६, बुधबार २०:१९

काठमाडौं -पूर्वराजदूत केशवराज झा हत्या अभियोगमा पक्राउ गरेका कान्छाराम तामाङलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको छ । हत्या अभियोगमा अदालतको आदेशले उनी जेल चलान भएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले जानकारी दिए।

तामाङलाई दुई साता अघि काठमाडौं प्रहरी परिसरले काभ्रेबाट पक्राउ गरेको थियो । ४ भदौ २०७५ मा झाको आफ्नै घरभित्र राति चक्कु प्रहारबाट हत्या भएको थियो ।

हत्या लगत्तै अनुसन्धानका लागि तामाङसहित माली आइतेसिंह तामाङ र जयबहादुर गुरुङलाई महानगरीय अपराध अनुसन्धान महाशाखाले पक्राउ गरेपनि अदालतले जनही १५ हजार धरौटीमा छोड्न आदेश दिएको थियो ।

तर तामाङविरुद्ध झा पत्नी ज्ञानु झाले काठमाडौं प्रहरी परिसर टेकुमा किटानी जाहेरी दिएपछि तामाङलाई दोस्रो पटक पक्राउ गरेको थियो ।