You are here
Home > समाचार > एपीएफ टोलीद्वारा चोरीनिकासीको सामान बरामद

एपीएफ टोलीद्वारा चोरीनिकासीको सामान बरामद

२५ भाद्र २०७६, बुधबार २०:३१

काठमाडौं- कञ्चनपुरको बेलौरी नगरपालिका ६ स्थित हात्तीबोझाबाट मंगलबार एपीएफ टोलीले करीव आठ लाख ७२ हजार रुपैयाँ बराबरको चोरीनिकासीको छोकडा बरामद गरेको छ ।

नेपालबाट अवैध रुपले भारततर्फ लैजाँदै गरेको उक्त छोकडा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बेलौरीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद छोकडा एपीएफ टोलीले आवश्यक कारवाहीको लागि भन्सार कार्यालय गड्डाचौकीमा बुझाएको छ ।

यसैगरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट हरिपुरबाट खटिएको एपीएफ टोलीले भाद्र २४ गते करीव चार लाख ८० हजार रुपैयाँ बराबरकोे फुटवल सुज बरामद गरेको छ । झापाको विर्तामोडबाट काठमाडौंतर्फ आउँदै गरेको ना ८ ख ९८१ नम्बरको यात्रुवाहक बसमा नक्कली बिल बनाई ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको चार सय ८० जोर फुटवल सुज एपीएफ टोलीले सुनसरी जिल्लाको कोशी गाउँपाकिाल ८ स्थित तीनकुनेबाट बरामद गरेको हो ।