You are here
Home > समाचार > अज्ञातसमूहले गरे तीनवटा स्काभेटरमा आगजनी

अज्ञातसमूहले गरे तीनवटा स्काभेटरमा आगजनी

२६ भाद्र २०७६, बिहीबार ०८:५२

म्याग्दी – म्याग्दीको बेनी नगरपालिका ५ बगुवाखोलामा राखिएका ३ ओटा स्काभेटरमा अज्ञात समूहले बुधवार राति आगो लगाइदिएको छ। निर्माण व्यवसायी संघ म्याग्दीका अध्यक्ष नारायण जिसीको बिएन कन्टक्सनका तीनओटा जेसिभिमा अज्ञात समूहले आगो लगाइदिएको हो।

बेनी तथा जिल्लाका विभिन्न योजनाहरुमा काम गर्ने गरी तयारी अवस्थामा राखिएका स्काभेटरमा बुधबार राति आगो लगाइदिएको बिएन कन्टक्सनका संचालक नारायण जिसीले जानकारी दिए। आगलागीबाट तीनओटै जेसिभी जलेर नष्ट भएका छन्। घटनास्थलमा प्रहरीको टोली पुगेको छ। जिल्ला प्रहरी कार्यालय म्याग्दीले आगजनी गर्नेको खोजी भइरहेको जनाएको छ।

फाइल तस्विर