You are here
Home > समाचार > बैदेशिक रोजगारका लागि मलेसिया जान खुल्ला

बैदेशिक रोजगारका लागि मलेसिया जान खुल्ला

२६ भाद्र २०७६, बिहीबार १७:३०

काठमाडौं– लामो अन्योलतापछि मलेसिया रोजगारी खुला भएको छ । नेपाल र मलेसियाको मन्त्रालयस्तरीय बैठकबाट मलेसिया रोजगार खुला गर्ने सहमति भएको हो ।

बिहीबार भएको बैठकले तत्काल मलेसिया रोजगारीमा जाने बाटो खुला गर्ने निर्णय गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेले बताए । यो सँगै नेपाली कामदार कुनैपनि लागत नतिरी मलेसिया जान पाउनेछन् ।

कामदार लैजाने प्रक्रियाको सबै खर्च रोजगारदाता कम्पनी र मेडिकल खर्च पहिलो महिनाको तलब दिने समयमा रिफण्ड गर्ने गरी सहमति भएको श्रम मन्त्रालयले जनाएको छ ।

दुई देशबीच गत अक्टोबर २९, २०१८ मा श्रम समझदारी कार्यान्वयन गर्ने सहमति भएको थियो । सो सहमतिमा नेपालका तर्फबाट सहसचिव राम प्रसाद घिमिरेले नेतृत्व गरेका थिए । उनी अहिले सोही सहमतिकै लागि मलेसियामा छन् ।

मलेसिया रोजगार आजैबाट खुला भएको छ । स्वास्थ्य परीक्षणका लागि बायो मेडिकल भएका सबै संस्थाले पाउँनेछन् । अहिले बायो मेडिकल ३६ वटा संस्थामा छन् ।

अब मलेसियन रोजगारदाताले आफूलाई आवश्यक परेको कामदारका लागि नेपाली दूतावासमा मागपत्र पेश गर्नेछन् ।

घरेलु कामदार भने जान पाउँने छैनन ।