You are here
Home > समाचार > मन्त्रिपरिषद् बैठकले गरेका १९ निर्णयहरु

मन्त्रिपरिषद् बैठकले गरेका १९ निर्णयहरु

२६ भाद्र २०७६, बिहीबार १९:३५

काठमाडौं – सरकारले आइतबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । भोजपुर जिल्लामा नेत्रविक्रम चन्द विप्लव समूह र प्रहरीबीच गोली हानाहान भई ज्यान गुमाएका प्रहरी जवान सञ्जीव राईलाई शहीद घोषणा गर्ने निर्णय गरेको छ।

बिहीबार नियमित आयोजित पत्रकार सम्मेलनमार्फत् मन्त्रिपरिषद् बैठकका निर्णयबारे जानकारी दिँदै सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सञ्जीव राईलाई शहीद घोषणाका साथै उनको परिवारलाई १० लाख दिने निर्णय गरेको जानकारी दिए।