You are here
Home > समाचार > दशैंका लागि असोज ५ गते अग्रिम बुकिङ टिकट खुल्ने

दशैंका लागि असोज ५ गते अग्रिम बुकिङ टिकट खुल्ने

२६ भाद्र २०७६, बिहीबार १९:३७

काठमाडौं– नेपालीहरूको महान् चाड बडादशैंमा काठमाडौंबाट बाहिर जानेहरूका लागि आगामी असोज ५ गतेदेखि टिकट बुकिङ खुल्ने भएको छ। यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले असोज ५ गतेदेखि टिकट बुकिङ खुल्ने जानकारी दिए। उनका अनुसार यातायात व्यवस्था विभाग र नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघबीच बिहीबार भएको छलफलमा टिकट बुकिङ असोज ५ गतेदेखि खोल्ने सहमति भएको छ।

भाडा समायोजनको विषयमा भने कुनै छलफल नभएको र यसको जिम्मा सरकारलाई दिँदै ५ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने सहमति भएको महासंघका प्रवक्ता सरोज सिटौलाले बताए।