You are here
Home > समाचार > सर्लाहीमा व्यापारीमाथि गोली प्रहार

सर्लाहीमा व्यापारीमाथि गोली प्रहार

२८ भाद्र २०७६, शनिबार १३:०१

सर्लाही-सर्लाहीमा एक व्यापारीमाथि शुक्रवार साँझ गोली प्रहार भएको छ । घरबाट बयलवास बजार जाँदै गरेका ईश्वरपुर नगरपालिका–११ का राजेश साह परिचय नखुलेका मानिसले हानेको गोली लागेर घाइते भएको प्रहरीले जनाएको छ ।

नेसनल मेडिकल कलेज वीरगञ्जमा पेटमा गोली लागेका साहको उपचार भइरहेको छ । गोली हानेको आरोपमा एक जनालाई पक्राउ गरेर अनुसन्धान थालेको प्रहरीले जनाएको छ