You are here
Home > राजनीति > नेपाल परराष्ट्र नीतिमा स्वतन्त्र भएकाले सैन्य गठबन्धनमा सहभागि हुँदैनः अध्यक्ष प्रचण्ड

नेपाल परराष्ट्र नीतिमा स्वतन्त्र भएकाले सैन्य गठबन्धनमा सहभागि हुँदैनः अध्यक्ष प्रचण्ड

२८ भाद्र २०७६, शनिबार १३:१५

इलाम- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल असंलग्न परराष्ट्र नीतिमा स्वतन्त्र भएकाले कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने बताएका छन् ।

नेकपा इलामको आयोजनामा शुक्रबार देखि सदरमुकाममा सुरु भएको दुई दिने वृहत कार्यकर्ता प्रशिक्षणमा इलाम आइपुगेका दहालले शनिबार नेपाल परराष्ट्र नीतिमा स्वतन्त्र भएकाले सैन्य गठनमा सहभागी नहुने बताएका हुन् । उनले हाम्रो विदेश नीति प्रष्ट छ,असंलग्न र स्वतन्त्र विदेश नीति नेपालको विदेश नीतिको आधार रहेको बताए।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले हाम्रो परराष्ट्र नीति स्वतन्त्र रहने बताए ।

केही दिनअघि चिनियाँ विदेशमन्त्री वाङ यीसँग काठमाडौंमा भएको भेटवार्तामा अध्यक्ष दाहालले नेपालले इण्डो प्यासिफिक रणनीति अस्वीकार गरेको बताएपछि अमेरिकी दूतावासले असन्तुष्टी जनाएको थियो । अमेरिकी राजदूतले परराष्ट्र सचिव शंकरदास बैरागीसँग भेटेर यस विषयमा नेपालको धारणा स्पष्ट पार्न आग्रह गरेको समाचारको पनि दाहालले खण्डन गरेका छन् ।