You are here
Home > खेलकुद > ओलम्पिक कमिटी अध्यक्षमा जीवनराम श्रेष्ठ निर्वाचित

ओलम्पिक कमिटी अध्यक्षमा जीवनराम श्रेष्ठ निर्वाचित

२८ भाद्र २०७६, शनिबार १८:३४

काठमाडौं -नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा सांसद जीवनराम श्रेष्ठ निर्वाचित भएका छन् ।

शनिबार भएको नेपाल ओलम्पिक कमिटीको निर्वाचनमा प्रत्यासी उमेशलाल श्रेष्ठलाई पराजित गर्दै उनी दोस्रोपटक निर्वाचित भएका हुन् ।

२७ मतदाता रहेको निर्वाचनमा श्रेष्ठ १७ मत ल्याएर बिजयी बनेका हुन । अध्यक्षको कार्यकाल चार बर्षको हुन्छ । नवनिर्वाचित श्रेष्ठ सत्तारुढ नेकपाका तर्फबाट काठमाडौं–८ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य समेत हुन ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र ओलम्पिक काउन्सिल अफ एशियाका प्रतिनिधिको रोहवरमा अध्यक्षसहित १९ सदस्यीय पदाधिकारी छनोटका लागि सातदोबाटोस्थित कार्यालय परिसरमा आज निर्वाचन भएको हो ।

अन्य पदाधिकारीको भने मतगणना जारी छ । निर्वाचित भएलगत्तै श्रेष्ठले कमिटीको स्वायत्ततालाई प्रभावकारी बनाउने प्रतिवद्धता जनाए ।