You are here
Home > समाचार > चरेशसहित पाँच जना पक्राउ

चरेशसहित पाँच जना पक्राउ

२९ भाद्र २०७६, आईतवार १२:४२

मकवानपुर- मकवान प्रहरीले अबैध चरेश फेलासहित पाँच जना पक्राउ परेका छन्।

हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेमा हेटौंडाबाट वीरगञ्ज जाँदै गरेको भारतीय सवारी बीआर ०१ पीएफ ७९९८ नम्बरको कार रोकी जाँच गर्दा स्टेयरिङसँगैको डेसबोर्डभित्र लुकाई राखेको चार केजी ९०० ग्राम अवैध चरेस फेला परेको हो।

लागूऔषध फेलापछि सो कारमा रहेका तीन जनालाई कारसहित पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । पक्राउ पर्नेमा भारत बिहार जिल्ला मजफ्फरपुर दादर बस्ने २८ वर्षीय शिवराज सिंंह, सोही ठेगानाका २४ वर्षीय ज्ञानीकुमार पासवान र भारत बिहार जिल्ला छपरा बस्ने २४ वर्षीय राजु महतो रहेको आज बिहान पत्रकार सम्मेलन गरी जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

यसैगरी प्रहरीले मकवानपुर जिल्ला राक्सिराङ गाउँपालिका–४ स्थित कालिका दोभानबाट अवैध गाँजा १२ केजी ४०० ग्राम लिएर हिंडेको अवस्थामा कैलाश गाउँपालिका– बस्ने २६ वर्षीय राजकुमार थिङ र सोही ठेगानाका २१ वर्षीय दिपेश थिङलाई पक्राउ गरेको छ ।