You are here
Home > राजनीति > ज्ञानेन्द्र शाही प्रहरीको नियन्त्रणमा

ज्ञानेन्द्र शाही प्रहरीको नियन्त्रणमा

२९ भाद्र २०७६, आईतवार १३:५०

काठमाडौं -भ्रष्टाचार विरोधी अभियानमा लागेका ज्ञानेन्द्र शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
ललितपुरको पुलचोकमा शाहीले आयोजना गरेको पत्रकार सम्मेलनमा हात हालाहाल भएपछि सुरक्षाका लागि भन्दै प्रहरीले नियन्त्रणमा लिएको हो।

शाहीलाई अहिले प्रहरी परिसरमा राखिएको डिएसपी देवेन्द्र पाण्डेले जानकारी दिए। उनले शाहीको पत्रकार सम्मेलनमा हात हालाहाल भएपछि शाही असुरक्षित हुने भएकाले प्रहरी परिसरमा लगिएको बताए। शाहीले शनिबार साँझ नेपालगञ्ज विमानस्थलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईका कारण विमान उडान एक घण्टा ढिलो भएको भन्दै मन्त्री भट्टराईविरुद्ध प्रदर्शन गरेका थिए।

सोही विषयलाई लिएर उनले आइतबार दिउँसो १ बजे पुल्चोकमा पत्रकार सम्मेलन आयोजना गरेका थिए।

पत्रकार सम्मेलनमा पुगेको एक समूहले उनीमाथि प्रश्न गरेका थिए। प्रश्नमाथि प्रश्न गरेपछि शाहीका सहयोगीले रोक्न खोज्ने क्रममा हात हालाहाल भएको हो।