You are here
Home > समाचार > आर्थिक प्रलोभनमा पार्ने प्रहरी नियन्त्रणमा

आर्थिक प्रलोभनमा पार्ने प्रहरी नियन्त्रणमा

२९ भाद्र २०७६, आईतवार १४:०२

काठमाडौं – प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने एक जना पक्राउ परेका छन्।

महानगरीय प्रहरी वृत्त सिंहदरवारबाट बबरमहल चोकमा खटिएको प्रहरी टोलीलाई आर्थिक प्रलोभनमा पार्ने बा.३ ख.११०७ नम्बरको माईक्रोचालक तिर्थ बहादुर प्रधानलाई पक्राउ गरेको हो।

प्रहरी आइतवार २ बजे माईक्रोलाई चेकजाँच गर्दा सवारी चालक अनुमती पत्र भएको व्यक्तीले सवारी चलाएकाले कारवाही गर्न खोज्दा प्रधानले प्रहरीलाई नगद १ सय ५० रूपैया दिई आर्थिक प्रलोभनमा पारी कारवाहीबाट जोखिन खोजेका थिए। घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरलिे जनाएको छ।