You are here
Home > समाचार > १० जना जुवाडे प्रहरी पक्राउ

१० जना जुवाडे प्रहरी पक्राउ

२९ भाद्र २०७६, आईतवार १४:०५

काठमाडौं-महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरी टोलीले जुवातास खेल्ने १० जनालाई पक्राउ गरेको छ। प्रहरीले बुढानिलकण्ठ नगरपालिका-१० साततले स्थित एक घरमा जुवातास खेलिरहेको अबस्थामा सोही ठाउँ बस्ने संखुवासभाका महेन्द्र लामिछाने गुरूङ सहित ६ जनालाई नगद ११ हजार ६ सय ४० रूपैया सहित पक्राउ गरेको हो।

यसै गरी काठमाण्डौ महानगरपालिका-६ कपन महाङकाल स्थित रसुवा गोसाईकुण्ड गाउँपालिका-३ का रिता राई तामाङले आफ्नै कोठामा जुवातास खेलाई रहेको अबस्थामा तामाङ सहित ४ जनालाई नगद ६६ हजार १ सय ७० रुपैया, भारतिय ५ सय रूपैया सहित नियन्त्रणमा लिएको छ । घटना बारे प्रहरीले अनुसन्धान गरिरहेको छ।