You are here
Home > समाचार > लागुऔषधसहित २ जना पक्राउ

लागुऔषधसहित २ जना पक्राउ

२९ भाद्र २०७६, आईतवार १४:०८

काठमाडौं -महानगरीय प्रहरी प्रभाग नागढुङगाले लागुऔषध सहित २ जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाण्डौ चन्द्रागिरी नगरपालिका-२ नागढुङगा चेकपोष्टमा त्रिशुलीबाट काठमाडौं आउदै गरेको बा.५ ख.१३५९ नम्बरको सवारी साधनलाई चेकजाँच गर्दा नुवाकोट सिलिङ गाउँपालिका-८ का हिरादत्त खतिवडाको साथबाट गाँजा १ किलो २ सय ग्राम बरामद गरेको छ ।


यसै गरी नेपालगंजबाट काठमाडौं आउदै गरेको ना.५ ख.६६४८ नम्बरको बसलाई सोही ठाउँमा चेकजाँच गर्दा बर्दीया बुद्धनगरका मदन गुरूङको साथबाट ब्राउन सुगर १.४ ग्राम बरामद गरेको छ। दुवै घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।