You are here
Home > समाचार > रुपन्देहीमा लुटेरा समूहद्धारा गोली हानेर एकजनाको हत्या

रुपन्देहीमा लुटेरा समूहद्धारा गोली हानेर एकजनाको हत्या

२९ भाद्र २०७६, आईतवार १७:०१

काठमाडौं-रुपन्देहीमा लुटेरा समूहले गोली हानेर एकजनाको हत्या गरेका छन्। जिल्लाको रोहिणी गाउँपालिका-३ मा ४० वर्षीय महेन्द्र कुर्मीको गोली हानी हत्या गरिएको हो। बैंकबाट रकम झिकेर आउने क्रममा मोटरसाइकलमा आएका लुटेरा समूहले गोली हानी कुर्मीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ। 

स्थानीयबासीका अनुसार बैंकबाट रकम निकालेर आउँदै गर्दा डाकाहरुको समूहले कुर्मीमाथि गोली हानेको बताएका छन्।